भाग–४ सम्म आइपुग्दा तपाईहरुले ‘असम आन्दोलन’ को श्रीगणेश भएको, अल्फाको जन्म, शिलोङको दंगा र यस दंगालाई नियन्त्रण गर्न भनी ५८ गोर्खा ट्रेनिङ सेन्टरको शिलोङका सिपाही खटेको जानकारी पाउनुभएको थियो।
यसमा म पनि खट्नुपर्ने तयारीमा राखिएको तर क्याटोगिरी–N ले गर्दा खट्नु नपरेको, सुवास घिसिङले जीएनएलएफ जन्माएको, तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या र हत्या नभएको भए ‘असम आन्दोलन’ इन्दिरा गान्धीको दमनबाट तुहिइन्थ्यो, असममा NRC को कुरा पनि आउनेथिएन। अरू यावत् घटनाको वर्णन पनि पढ्नु नै भयो होला।
भाग–५ मा मैले इन्दिरा गान्धीको हत्यापछि उनका जेष्ठ पुत्र राजीव गान्धीको उदयको कुरा गर्न खोजेको छु। सन् १९८४ मा जनताको असीम भोटद्वारा राजीव प्रधानमन्त्री नियुक्त भए। बघिनीजस्ती इन्दिराको हत्या भएपछि तुहिनलागेको ‘असम आन्दोलन’ ले तंग्रिने मौका पायो। तंग्रिनुको मुख्य कारण थियो– राजीव गान्धीको सहृदय शान्त स्वभाव एवम् राजनीतिक कुरामा अपरिपक्वता एवम् अदूरदर्शिता।
उनी खुशीले राजनीतिमा आउन चाहेका थिएनन्।आफ्नी आमाको हत्याले गर्दा उनी विवशतावश राजनीतिमा आउनुपरेको थियो। भारतको प्रधानमन्त्री बन्नुपरेको थियो। उनलाई त्यसबेला राजनीतिको त्यति ज्ञान थिएन। उनका सल्लाहकार (ब्यूरोकेसी) ले जे सल्लाह दिए, त्यही सल्लाहमा चल्नुपर्ने थियो।
आफू शान्त स्वभाव भएका कारण उनले ‘असम आन्दोलन’ लाई शान्त पार्ने उद्देश्य लिई सन् १९८५ मा आन्दोलन कर्ताधर्तालाई दिल्लीमा बोलाएका थिए। दिल्ली पुगेका ती कर्ताधर्तामा असमका एकजना नेपाली भाषीलाई पनि प्रतिनिधिको रूपमा समावेश गरिएको थिएन। ‘असम आन्दोलन’ को बेला शहिद हुने पहिली चेली थिइन्–नेपाली भाषी चेली बैजयन्ती देवी। तर नेपाली भाषीलाई नै वार्ताबाट बाहिर राखिएको थियो।
वार्तामा भारत सरकारको तर्फबाट राजीव गान्धी उपस्थित थिए। उनले ‘असम आन्दोलन’ लाई अगाडी नबढाउन ‘आँसु’ ले जुन मागका लागि आन्दोलन गरेको थियो, त्यही मागअनुसार सम्झौता भयो। जुन सम्झौतालाई अहिले पनि ‘असम सम्झौता’ भनिन्छ।सम्झौताका बुँदामा नेशनल रजिष्ट्रेशन सर्टिफिकेट (एनआरसी) को बुँदा समावेश गरिएको थियो कि थिएनरु यो मलाई स्पष्ट थाहा छैन।
गुगल, क्रोममा खोज्दा– भारत सरकारद्वारा सन् १९५१ मा यसलाई तयार पारिएको देखाइएको छ। जेहोस्, आज असमका नेपालीभाषीले बुझिसकेका छन्, एनआरसी के होरु तर कांग्रेस सरकारले कहिल्यै यसलाई प्रयोगमा ल्याएन। बीजेपी सरकार आएपछि एनआरसी प्रयोग गर्ने प्रक्रिया थालिएको छ। यो लेख तयार पार्दासम्म प्रयोगमा परेको असम राज्य पहिलो हो। अरू राज्य प्रयोगमा परेका छैनन्। यसबाट शंका उत्पन्न हुनु जायज छ– कतै उल्लिखित सम्झौतामा एनआरसी जस्ता कुराहरू पनि छन् किरु यो जान्नुपर्ने विषय हो।
यही एनआरसीले गर्दा असमका नेपालीभाषी आज त्राहिमाम बनेका छन्। त्राहिमाम यसकारण पनि हुनुपऱ्यो–असम आन्दोलनमा शहिद भएकी बैजयन्ती देवीका बुवा साहित्य अकादेमी पुरस्कार विजेता दुर्गा खतिवडा एवम् उनको परिवारको नाम ‘विदेशी’ भनेर नै होला एनआरसीबाट वञ्चित् गरिएको थियो।
भाग–४ मा मैले सन् १९७९ मा जन्मेको अल्फाको कुरा पनि लेखेको थिए। जन्मिदा यसले आफ्नो गतिविधि देखाएन। नदेखाउनुको पछि इन्दिरा गान्धीको कठोर शासन(व्यवस्था हुनु। अल्फाका नेतालाई थाहा थियो, यदि तिनाका पालामा कुनै गतिविधि देखाए उनीहरूको अवस्था पनि यस्तै हुनेछ।
राजीव गान्धी सत्तामा आएपछि अल्फा असममा अत्यधिक सक्रियो भयो। यति बिघ्न सक्रिए भयो कि, अल्फाले धेरै हिन्दीभाषीको सामूहिक हत्या गर्यो। यसमा एकाध नेपाली भाषी पनि परे। फलतस् असमको भूमि धेरै वर्षसम्म अल्फाले गरेको हत्याकाण्डले रक्तरंजित भइरह्यो।