रवि लामिछानेका 'ससुरा' उद्धव पौडेल बने राप्रपाको उपाध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका 'ससुरा' उद्धव पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्ष बनेका छन्।

बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका हुन्। पौडेल यसअघि राप्रपा नेपालको कोषाध्यक्ष थिए।

यससँगै राप्रपामा अब उपाध्यक्षको संख्या ८ पुगेको छ। राप्रपा पार्टी विभाजन हुँदा कमल थापालाई साथ दिएका पौडेल बैशाखमा फेरि राप्रपामै फर्किएका थिए।
 

प्रकाशित मिति: : 2023-02-16 17:09:00

प्रतिकृया दिनुहोस्