उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट

File Photo
File Photo

उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहेका उर्जामन्त्री लिङ्देन र क्वात्राबीच ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भेट भएको हो।

भेटका क्रममा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय हित तथा सहयोगबारे छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ। ऊर्जा तथा जलस्रोत क्षेत्रको विकासका लागि समन्वय र सहकार्य गर्ने विषयमा पनि छलफल केन्द्रित भएको थियो।

अध्यक्ष लिङ्देनले सचिव क्वात्रालार्ई कार्यालयमा स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: : 2023-02-14 15:24:00

प्रतिकृया दिनुहोस्