सुदूरपश्चिममा कांग्रेसले पनि विश्वासको मत पाउँदैन्, मध्यावधि निर्वाचन हुन्छ : मन्त्री चौधरी

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदूरपश्चिम प्रदेशमा कांग्रेसले पनि विश्वासको मत नपाउने बताएकी छिन् ।

प्रदेशको तेस्रो दल नागरिक उन्मुक्ती पार्टीसँग समयमै भागबन्डाको सन्तुलन नमिलाउँदा अहिलेको परिस्थिति सिर्जना भएको उनले बताइन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘नेकपा एमालेले सरकार टिकाउने कुरामा पर्याप्त पहलकदमी नगर्दा सरकार ढल्यो तर उनीहरुले नेपाली कांग्रेसलाई पनि मत नदिने बताएका छन् ।’

चौधरीले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताएकी छिन् । ‘एक महिनापछि पनि कांग्रेसले विश्वासको मत पाउने अवस्था देखिँदैन्, मध्यावधि निर्वाचन हुन्छ’ उनले भनिन् ।

यस्तै उनले राष्ट्रपतिमा जे सहमति भएको थियो त्यसैका आधारमा एमालेले उठाएको उम्मेदवार विजयी हुने बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारबाट बहिरिए पनि पुनः सरकारमा सहभागी हुने माहोल बनिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: : 2023-02-11 13:55:00

प्रतिकृया दिनुहोस्