राष्ट्रियसभा उपनिर्वाचन : खस्यो ३०४ मत  

एक जना राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको उपनिर्वाचनमा ३०४ मत खसेको छ। लुम्बिनी भूगोलबाट भएको उपनिर्वाचनमा दाङको घोराहीमा मतदान भएको थियो।

विहान १० बजेदेखि सुरु भएको मतदानमा कुल ३०५ जनामध्ये ३०४ मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। उपनिर्वाचनमा एकजना अनुपस्थित भएका थिए।

रूपन्देहीको मर्चवार गाउँपालिकाकी उपप्रमुख आशा सिंह स्वास्थ्य उपचार गर्न भारत गएकाले ३०४ मत मात्रै खसेको हाे।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ। प्रदेश भर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको छ।

उप–निर्वाचनका लागि तीन जना प्रतिष्पर्धामा छन्। सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौंदी, नेपाली काँग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन्।

प्रकाशित मिति: : 2023-02-08 15:14:00

प्रतिकृया दिनुहोस्