बिचौलियाका कारण उपभोक्ता मारमा परे, तत्काल कारबाही गर्नुपर्‍याे: ज्ञानेन्द्र शाही

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्रबहादुर शाहीले बिचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले बिचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन्।

६०० प्रतिशतभन्दा बढी नाफा लिएर बिचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे।

बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए।

प्रकाशित मिति: : 2023-02-05 15:36:00

प्रतिकृया दिनुहोस्