विपक्षी दलको बैठकबाट निस्किए माधव नेपाल

File Photo
File Photo

राष्ट्रियसभा उपाध्यक्ष चयनमा विपक्षी दलहरुले साझा उम्मेदवार उठाउने बिषयमा छलफल जारी राखेका छन्।

सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा बैठकमा विपक्षी दलवाट साझा उम्मेदवार चयन गर्ने बिषयमा छलफल गरिरहेका हुन्।

सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफनो पार्टीवाट उम्मेदवार नहुने जानकारी दिएका छन्।

विपक्षी गठबन्धनबाट उठने नेतालाई समर्थन गर्ने प्रतिवद्धता जनाएर बैठकबाट फर्केका छन्। उनी पार्टीले आयोजना गरेको दुई दिवसीय बैठकमा सहभागी हुन हिँडेका छन्।

कांग्रेसले भने यसअघि नै राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिइसकेको छ। जसको समर्थनका लागि विपक्षी दलका नेताहरुलाई बैठकमा बोलाएर धारणा मागिरहेको हो।

यद्यपी, कांग्रेसले उम्मेदवार भने तोकेको छैन। निर्वाचन २३ माघमा हुँदैछ।

प्रकाशित मिति: : 2023-02-04 11:10:00

प्रतिकृया दिनुहोस्