परराष्ट्रमन्त्री पौड्याल आज श्रीलङ्का जादैँ

परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन बिहिबार श्रीलङ्का जाने भएकी छिन्।  

उनी आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलोम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा अतिथिको रुपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री पौड्याल माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लङ्कारालङ्का’मा सहभागी हुने कार्यक्रम छ।

यसैगरी उनी माघ २१ गते ७५ औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछिन्। भ्रमण पश्चात २५ गते उनी स्वदेश फर्किने छिन्। 

प्रकाशित मिति: : 2023-02-02 11:20:00

प्रतिकृया दिनुहोस्