बागमती प्रदेशमा टुंगियो मन्त्रीहरुको नाम 

बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ।

गठबन्धनमा नेकपा एमाले र नेकपा माओवादीले ४/४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ मन्त्रालय पाउने गरी भएकाे सहमतिअनुसार दलहरुले आ-आफ्ना मन्त्रीको नाम टुंगो लगाएका हुन्।

माओवादीबाट मकवानपुरका कुमारी मोक्तान सामाजिक विकास मन्त्री, सिन्धुपाल्चोकका युवराज दुलाल भौतिक पूर्वाधार विकास र सिन्धुलीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बन्ने भएका छन्।

त्यसैगरी एमालेबाट मकवानपुरका एकालाल श्रेष्ठले श्रम रोजगार तथा यातायात, काठमाडौंका केशवप्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्री र ललितपुरका रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्रीकाे जिम्मेवारी पाउने भएका छन्।

यता, राप्रपाबाट डम्बरबहादुर तामाङले उद्योग, पर्यटन र सहकारी मन्त्रालय र राजु बिष्ट वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्।

विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका राप्रपा संसदीय दलका नेता उद्धव थापा भने खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन्।

यसअघि माओवादी संसदीय दलका शालिकराम जम्कटेलले मुख्यमन्त्री र एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीको कार्यभार सम्हालिसकेका छन्।

प्रकाशित मिति: : 2023-01-25 13:32:00

प्रतिकृया दिनुहोस्