पोखरामा भएको विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन्।

सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो।

१ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो। 

प्रकाशित मिति: : 2023-01-19 13:49:00

प्रतिकृया दिनुहोस्