केही दिनभित्र मन्त्रीहरूले जिम्मेवारी पाउँछन् : मुख्यमन्त्री कार्की

बिएल संवाददाता

  विराटनगर 
फाइल तस्बिर
फाइल तस्बिर

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले केही दिनभित्र विना विभागीय मन्त्रीहरूले जिम्मेवारी पाउने बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्कीले आगामी सोमबारभित्र मन्त्रीहरुको कार्यविभाजन हुने बताए।

सत्ता साझेदार दलहरुसँगको परामर्शमा मन्त्रालयको कार्यविभाजनसँगै प्रदेश सरकारको न्युनतम साझा कार्यक्रम ल्याइने उनले बताए।

उनले भने, 'पहिला जिम्मेवारी टुंगो लगाउँछौँ। त्यसपछि अहिले सरकारमा रहेका दलहरूसँग छलफल गरेर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने गरि काम अघि बढाउँछौँ।'

यस्तै उनले प्रदेशसभामा रहेका सबै दलहरुको साझा सहमतिमा प्रदेशको नामकरण गर्नका लागि सरकारले पहल थाल्ने बताए।

मुख्यमन्त्री कार्कीले ६ जना विना विभागीय मन्त्री नियुक्त गरेका छन्। नेकपा एमालेबाट तिलकुमार मेन्याङ्बो र बुद्धिकुमार राजभण्डारी, माओवादीबाट दुर्गाप्रसाद चापागाईं र जीवन आचार्य, राप्रपाबाट भक्ति सिटौला तथा जसपाबाट निर्मला लिम्बू विना विभागीय मन्त्री छन्।
 

प्रकाशित मिति: : 2023-01-19 12:00:00

प्रतिकृया दिनुहोस्