सर्वदलीय बैठकबाट बाहिरिए केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार जारी बैठकबाट अध्यक्ष ओली बाहिरिएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दलहरुसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादर खड्का, रमेश लेखक सहभागी छन्।

त्यसैगरी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल एवम् नवनियुक्त मन्त्री रेखा शर्मालगायत शीर्ष नेताहरू उपस्थित भएका छन्।

प्रकाशित मिति: : 2023-01-17 18:07:00

प्रतिकृया दिनुहोस्