नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रथम राष्ट्रिय महाधिवेशनबाट १३ बुँदे प्रस्ताव पारित गरेको छ।
काठमाडौंमा तीन दिन भएकाे महाधिवेशनले १३ वटा समसामयिक प्रस्तावहरू पारित गरेको पार्टीले जनाएको छ।
विभिन्न ७० पदमा निर्वाचन भएकोमा बुधबार मतगणनाको तयारी छ। केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए।