स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कुनै विकल्प नदिई गरिब बसेको ठाँउ हटाउने गलत काम गरेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुःख दिने काम सही नभएको बताए।
उनले भने, ‘लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो- महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भने भनेर भन्न खोज्या हो। उहाँलाई विकास गर्नु छ भने पार्क बनाए हुन्छ। तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरूलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन्।’
यस्तै, उनले शहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए।