बिएल संवाददाता
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नाबालिकालाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसदलाई उन्मुक्ति दिने सरकारी वकिलको निर्णयप्रति आक्रोश पोखेका छन्।
मंगलबार साहले फेसबुकमार्फत आक्रोश पोखेका हुन्। उनले बालिकासँग माफी माग्दै उनले यस्ता अपराधीहरूलाई तह लगाउने दिन छिट्टै आउँने आश्वासन दिएका छन्।
बालेनले भनेका छन्, ‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले। नआत्तिनु। समय आउँनेछ। यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ। समाज बुझ्न पर्छ।’
शर्माले काठमाडौंमै एकजना बालिकालाई ८ वर्षदेखि बन्दी बनाएर घरेलु कामदारका रुपमा हिंसा गर्दै आएको महानगरले फेला पारेको थियो। र, बालिकाको उद्दारसहित कारबाहीका लागि सरकारलाई आग्रह गरेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया