बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता

बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन्। उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन्।

शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुन् भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुन्। 

बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिएका हुन्। 

नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन्। 

प्रकाशित मिति: : 2023-01-12 14:14:00

प्रतिकृया दिनुहोस्