बालकोटमा ओली र बाबुरामबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

सोमबार ओलीलाई भेट्न अध्यक्ष भट्टराई बालकोट पुगेका हुन् । दुई नेताबीच पछिल्लो राजनीतिक परिवेशको विषयमा छलफल भएको अध्यक्ष डा. भट्टराईको सचिवालयले जनाएको छ।

यसपटक चुनावमा उम्मेद्वार नभएका डा. भट्टराईले पार्टीका केही उम्मेद्वारलाई माओवादीको चुनाव चिन्हमा उम्मेद्वार बनाएका थिए । 

तर, पार्टीका अध्यक्ष महिन्द्र राययादव मात्र विजयी भएर नेपाल समाजवादी पार्टीको वीउ जोगाए । 

डा भट्टराई पुत्री मानसी यमी भट्टराई काठमाडोैं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भइन् । 

केहीले डा. भट्टराईलाई सम्भावित राष्ट्रपतिका रूपमा प्रक्षेपण गरेका छन् भने केहीले हिसिला यमीलाई उपराष्ट्रपतिका रूपमा प्रक्षेपण गरेका छन् । यद्यपि, यी  दुईमध्ये कुनै एक प्रक्षेपण सभ्ावनाको दिशातिर मार्गप्रशस्त भएका छैनन् । 
 

प्रकाशित मिति: : 2023-01-02 18:48:00

प्रतिकृया दिनुहोस्