लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा चौधरी

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन्।

संसदीय दलको नेताका लागि चौधरीसहित राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानाले दाबी गरेपछि साेमबार बिहान ११ बजे निर्वाचनका लागि समयसमेत तोकिएको थियो।

तर साेमबार बिहान अन्तिम चरणमा भएको छलफलपछि चौधरीलाई संसदीय दलको नेता बनाउन सबै सहमत भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मर पुनले जानकारी दिए।

दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री छन्। संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुन्।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्य प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन्।

नेकपा एमालेले आइतबार लिला गिरीलाई संसदीय दलको नेतामा चयन गरेको थियो।

प्रकाशित मिति: : 2023-01-02 11:32:00

प्रतिकृया दिनुहोस्