बागमतीमा माओवादी संसदीय दलको नेतामा शालिकराम जमरकटेल

नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकटेल चयन भएका छन्।

शनिबार काठमाडौंको आयाेजित एक कार्यक्रममा दलको नेताका लागि प्रस्ताव गरिएकाे जमरकटेलको नाम सर्वसम्मत पारित भएको हो।

दलकाे नेतामा सहयात्री पौडेल र युवराज दुलालकाे पनि दावी थियाे।

नेता चयनप्रति सहयात्रीले असहमति जनाएका छन्। जमरकटेलको नाम प्रस्तुत भएपछि सहयात्री बैठक छोडेर बाहिरिएका थिए।

दलकाे नेता चयनप्रति असन्तुष्टि जनाउँदै उनले लेखेका छन्, गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो। छिर्के लगाएर पनि गेम त जितिन्छ तर मन जितिँदैन। जब सम्म मन जितिँदैन केही पनि जितिँदैन । म हरेक पटक छिर्के लगाएर लडाइए पनि धुलो टक्टक्याउँदै कुदिरहेको धावक हुँ।’

प्रकाशित मिति: : 2022-12-31 17:03:00

प्रतिकृया दिनुहोस्