'पिर्काबिनाकाे सलामी' खाँदै गृहमन्त्री रवि लामिछाने

तस्विरः सामाजिक सञ्जाल

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुरक्षाकर्मीबाट 'पिर्काबिनाकाे सलामी' ग्रहण गरेपछि सामाजिक सञ्जाल तताइरहेको छ।

'सञ्चारकर्म गर्दा हाेस् वा सत्ताबाहिर' हुँदा यस्तो प्रचलनको विरोध गर्दैआएका उनी आफू मन्त्री भएपछि दोहोरो चरित्र देखाएको भन्दै सञ्जालभर आलोचना भइरहेकाे छ।

बिहिबार दिउँसाे सरकारी निवास पुल्चोकमा सरेपछि लामिछानेले झण्डोत्तोलनसमेत गरेका छन्। गृहमन्त्रीकाे सचिवालयका अनुसार नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ।

सलामी ग्रहण गरेकाे एउटा तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि उनले अनेकाैँ आलाेचना खेप्दैआएका छन्।

प्रकाशित मिति: : 2022-12-29 14:11:00

प्रतिकृया दिनुहोस्