जसपाले आज संसदीय दलको नेता चयन गर्ने

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ।

जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३ः३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ।

मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जनाइएको छ। प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन्। अध्यक्ष उपेन्द्र यादव गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि दलको नेताका रुपमा सङ्घीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी रहेको छ।

जसपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ।

यही पुस १८ र १९ गते राजनीतिक समितिको बैठकपछि मात्रै सो विषयमा निर्णय हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-28 11:49:00

प्रतिकृया दिनुहोस्