जसलाई गगनले जिताए, ‘ओली–प्रचण्ड’ले शक्तिशाली मन्त्री बनाए

रवि लामिछाने सत्ताका लागि 'राप्रपा' बन्लान् कि 'स्वतन्त्र' नै रहलान् !



नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अप्रत्यक्ष रुपमा जिताएर संसदमा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका छन्।

राजनीतिक मैदानमा होमिएको सात महिना नपुग्दै लामिछानेले साेमबारदेखि उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाएका छन्। प्रतिनिधिसभाको चाैथाे शक्ति अर्थात् रवि नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनभित्र थप भागबन्डा खाेजेकाे छ।

'हामीहरू सत्ता गठबन्धनकाे तेस्राे शक्ति हाैँ। गृहमन्त्री मात्रै हाेइन शिक्षामन्त्री र स्वास्थ्यमन्त्री पनि मागेका छाैँ। हाम्राे भागमा चारवटा मन्त्रालय पर्छन्, त्यसैले राजनीति भनकै सत्ताका लागि हाे। सरकारमा गएपनि राम्राे काम गर्छाैं,' रास्वपाका महामन्त्री मुकुल ढकालले भने।

आम–निर्वाचनपूर्व ‘बा’हरू अर्थात् शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाललाई राजनीतिबाट विदाईको कामना गर्दै देशभर ‘घन्टी’ बजाए। भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा लिएर चितवनका मतदातासँग भोट माग्दै हिँडे। अन्ततः गगन थापाको दया–माया पाएपछि निर्वाचन पनि जिते। 

महामन्त्री थापाले गृमन्त्री लामिछानेसँग मिलेर सभापति शेरबहादुर देउवानिकट उम्मेदवारहरुलाई हराउने काममा प्रमुख भूमिका खेलेको गम्भीर आरोप आज पनि जिवितै छ। 'रविजीलाई नदेखिने तरिकाबाट सहयाेग गर्नु, गगन दाइकाे भुल थियाे। यसले कांग्रेसभित्र दाइकाे छवि पनि बिग्रियाे। अन्तिममा रविजी पनि स्वार्थकाे बाटाेमा हिँड्नुभयाे,' गगन थापानिकट एक नेताले भने।

संसदको २० सिट खल्तीमा राखेर सत्ता–स्वार्थका लागि देउवा, ओली र प्रचण्डको दौडिरहेका उनी आफ्नो स्वार्थ बाझिने गृह मन्त्रालयमा पुगेका छन्। एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले उपप्रधानसहित गृहमन्त्री बनाएका रवि नागरिकता र राहदानी विवादको जालोमा फसेका छन्।

सुशासनको डङ्का फुक्दै हिँडिरहेका ‘प्रचण्डका गृहमन्त्री’ अर्थात् रवि लामिछाने शक्तिको आडमा कानूनको नजरबाट भाग्न खोज्दै छन्। 'रवि लामिछानेजस्ताे विवादित पात्रलाई गृहमन्त्रीजस्ताे शक्तिशाली मन्त्रालय दिएर प्रचण्ड कमरेडले ठूलाे गल्ती गर्नुभयाे। ओली–प्रचण्डले याे भुल गर्नु हुँदैन्थ्याे,' माओवादी केन्द्रका एक पदाधिकारीले भने।

नागरिकता र राहदानीको विषय यतिखेर अदालतसम्म पुगेको छ। काठमाडौं जिल्ला प्रहरी कार्यालयले उनीमाथि अनुसन्धान गरिरहेको छ। तर ‘ओली–प्रचण्ड’ले विवादित पात्रलाई छानीछानी त्यही मन्त्रालयको जिम्मेवारी दिएका छन्।


रविको बटमलाइनः गगनलाई प्रधानमन्त्री मान्छौं, देउवा–प्रचण्डलाई मान्दैनौं

प्रकाशित मिति: : 2022-12-27 07:52:00

प्रतिकृया दिनुहोस्