धनराज गुरुङ र अमरसिंह पुनबीच भेटवार्ता

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनबीच भेटवार्ता भएको छ।

आइतबार काठमाडाैंमा भएकाे भेटमा उनीहरुबीच कांग्रेस संसदीय दलको निर्वाचनको बारेमा छलफल भएकाे हाे।

भेटमा राष्ट्रिय राजनीति, संघ र प्रदेश सरकार गठनलगायतका विषयमा छलफल भएको पुनको सचिवालयले जनाएको छ।

गुरुङ र पुन दुवै संस्थापन इतर समूहका हुन्। सभापति पुनले संसदीय दलको नेतृत्वको लागि संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउनुपर्नेमा जाेड दिएका छन्।

इतर समूहबाट संसदीय दलको नेताकाे प्रतिस्पर्धामा डा. शेखर कोइराला र महामन्त्री गगन थापाकाे नाम सर्वाधिक चर्चामा छ।

प्रकाशित मिति: : 2022-12-18 14:30:00

प्रतिकृया दिनुहोस्