काठमाडाैं क्षेत्र–२ काे उम्मेदवार गौतमलाई प्रकाश सुवेदीको साथ 

टेलिभिजन कार्यक्रम रजतपटका प्रस्तोता प्रकाश सुवेदी उम्मेदवार सोवीता गौतमको घरदैलो अभियनमा सहभागी भएका छन्।

काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी गौतमको चुनावी घरदैलोमा सुवेदीले सहभागिता जनाएका हुन्।

मंगलबार पेप्सिकाेला घरदैलो अभियानमा रहेका प्रकाशले मतदाता समक्ष साेवितकाे  पक्षमा भोट हाल्न समेत अपिल गरेका थिए।
उम्मेदवार गाैतमलाई अन्य कलाकारहरुले पनि साथ दिँदै आएका छन्।

यसभन्दा अगाडि गाैतमकाे पक्षमा नायिका वर्षा शिवाकाेटी, रेशमा घिमिरे आदि लगायतका कलाकारहरूले मतदाता समक्ष घण्टी चिन्ह्मा भाेट अपिल गरेका थिए। 

प्रकाशित मिति: : 2022-11-15 18:05:00

प्रतिकृया दिनुहोस्