कर्णाली प्रतिष्ठानमा मनाइयो विश्व रेडियाेलाेजी दिवस

file photo
file photo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विश्व रेडियाेलाेजी दिवस मनाइएकाे छ। 

सन् १८९५ मा एक्सरे मेसिनकाे आविष्कार भएसँगै विश्व रेडियाेलाेजी दिवस मनाउन थालिएकाे हाे। 

मानव शरीरका विभिन्न राेग पत्ता लगाउन निकै उपयोगी सिद्ध भएकाे रेडियाेलाेजीकाे महत्त्वबारे जानकारी दिन दिवस महत्त्वपूर्ण रहकेकाे रेडियाेलाेजिष्ट डा. यज्ञ राेकायाले बताए।

'जुन दिनदेखि एक्सरेकाे आविष्कार भयाे साेही दिनबाट उपचार सहज हुँदै आएकाे छ,' उनले भने, 'हामीले कर्णालीका जनतलाई सिटी स्क्यान र एक्सरे सेवा दिन सकेका छाैं।'

उनका अनुसार प्रतिष्ठानकाे सेवा थप विस्तार गर्न आधुनिक र स्तरीय उपकरणहरु ल्याउन जरुरी छ।

एक्सरे लगायतका उपकरण हुँदा जनस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन ठुलो सहयोग मिलेकाे हाडजोर्नी विभागका प्रमुख डा. तुफानसिंह कठायतले बताए। 

'रेडियोलाेजीकाे महत्त्व कति छ भन्ने कुरा बिरामी भएका र उपचारमा संलग्न हुनेले धेरै हदसम्म महशुस गरेका छाैं,' उनले भने, 'अब यसकाे महत्त्व आम नागरिकसम्म पुर्‍याउनु पर्ने हुन्छ।'

रेडियाेलाेजी डिपार्टमेन्टमा काम गर्नु जाेखिमसँग खेल्नु रहेकाले जाेखिम भत्ता उपलब्ध गराउने जनस्वास्थ्यकाे नीति रहे पनि प्रतिष्ठानमा काम गर्नेले उक्त सेवा पाउन नसकेकाे रेडियोलाेजी विभागका कर्मचारीकाे गुनासो छ।

प्रतिष्ठानमा दैनिक ९० देखि एक सय जनाले एक्सरे सेवा लिइरहेका छन् भने न्युनतम १० जनाले सिटी स्क्यान सेवा लिइरहेकाेकाे तथ्यांक छ।

हाल प्रतिष्ठानमा दुई जना रेडियाेलाेजिष्ट दुई जना सिटी टेक्नोलोजिष्ट र छ जना रेडियाेग्राफर रहेका छन्। 

दिवसकाे अवसरमा प्रतिष्ठानमा उपचाररत बिरामालाई फलफूल तथा जुस वितरण गरिएकाे थियाे।

प्रकाशित मिति: : 2022-11-08 18:40:00

प्रतिकृया दिनुहोस्