मिमबहादुर परियार
अस्तव्यस्त ध्वस्त सुस्त
जात गाेत्र सुत्र र मुत्र
काँडेतारले जेलिएकाे खेल
त्यसभित्रका अनेक जालझेल
चार गट्टीले जन्माएको नाजीकाे भट्टी जस्तो।
खेल, विभेदको खेल
एउटै घरभित्र छुट्याइएको खेल
भाइचारा आत्मियता एकता भाड्ने ठूलो झेल
छरिएर यत्रतत्र बाँडिएको छ
जात थर गाेत्रकाे भेषमा।
कुव्यवस्था, कुरीति, कुसंस्कार
छानिछानी आफूजस्तै अरुलाई
क्रमभङ्ग, विनिर्माण र विद्रोह गर्नेलाई
ग्यास च्याम्बरभित्र ढिलाेचाँडाे राख्ने छ
खाल्डा, रुखका हाङ्गा, नदीका बेग भरिने छन्।
बाेल्ने छ, चल्ने नचल्ने हेर्ने छन्
नमिलेको खण्डमा भित्र भट्टीमा पाेल्ने छन्
धकाल्ने छ, रमिता हेर्ने छ
छट्पटिएकाे, चिच्चाएकाे, खरानी भएको
तमासा, थपडी सामूहिक बज्ने छ।
चेतावनीकाे निम्ति मानवताविरोधी मिसाइलहरु
ग्याँसहरु सधैं तयार छन्,
गाेत्र कुलका आणविक हतियारहरु
ठाउँ–ठाउँ आक्रमण बुन्न, खति गर्न
क्षति, क्षतविक्षत, यत्रतत्र हेर्न तम्तयार छन्।
तिम्रो व्यवस्था
कहीँ नभएको जात व्यवस्था, वर्णव्यवस्था
मुर्दावाद, मुर्दावाद, मुर्दावाद !
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया