देश खान हाेइन देशको शत्रु खान उम्मेदवार भएकाे हुँ : स्वतन्त्र उम्मेदवार खड्का

रुपन्देही ३ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्काले कुनै पनि उम्मेदवार ठूलो सानो नहुने भएकाले राज्यले समान व्यवहार गर्नु पर्ने बताएका छन्।

वहालवाल गृहमन्त्रीसहित २२ जनाको उम्मेदवारी रहेको यस क्षेत्रमा सबैलाई समान व्यवहार हुनुपर्ने उनले बताए। उनले भने, 'राज्य सत्तामा भएकालाई एउटा व्यवहार नभएकालाई अर्काे गर्नु भएन।'  

हालसम्म कुनै दलमा आबद्ध नभएको दाबी गर्दै खड्काले आफ्नाे प्रतिस्पर्धी नै नभएको दावी गरे। उनले आफूलाई बाघको संज्ञा दिँदै भने, ‘म बाघ हो, देशका शत्रु खान्छु भनेर आएको छु। अरु उम्मेदवार त देशलाई खाने बाघ हुन् उनीहरूले स्वजातिलाई समेत खान्छन्।’

भैरहवमा शनिवार पत्रकारसँग परिचय गर्दै उनले देशको शत्रु नाश गर्न कै लागि उम्मेदवारी दिएकाे बताए। उनले निर्वाचन जित्न खर्च गर्न नपर्ने पनि बताए। निर्वाचन आयाेगले २० लाखको लिमिट दिए पनि आफ्नाे  १० लाख पनि खर्च नहुने बताए।  

प्रकाशित मिति: : 2022-11-05 15:36:00

प्रतिकृया दिनुहोस्