इम्पेरिमेन्ट चार्ज बढेसँगै घट्यो मेगा बैंकको नाफा

इम्पेरिमेन्ट चार्ज बढेसँगै मेगा बैंकको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसैअवधिको भन्दा ४४.३३ प्रतिशतले कम हो।

गत वर्षको यही अवधिमा बैंकले ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। गत वर्ष २९ करोड ३१ लाख ३२ हजार रुपैयाँ रिभर्समा रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष ४९ करोड ९८ लाख ७२ हजार रुपैयाँ पुगेको हो।

यसअवधिसम्म सञ्चालन नाफा ४५.९९ प्रतिशत ले घटेर ७० करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो। सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो। यता, खुद ब्याज आम्दानी भने १८.६० प्रतिशत ले बढेर १ अर्ब ७९ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। यसको जगेडा कोषमा ४ अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ। गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा ४ अर्ब ६९ करोड १३ लाख रुपैयाँ जम्मा रहेको थियो। चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ छ।

असोज मसान्तसम्म आइपुग्दा मेगा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८४ पैसाले घटेर १२ रुपैयाँ ४ पैसा कायम भएको छ। गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २४ पैसा रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा छ। 

प्रकाशित मिति: : 2022-10-28 11:19:00

प्रतिकृया दिनुहोस्