सर्पले डसेर बालिकाको मृत्यु

झापाको गौरादहमा गएराती गोमन सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ। 

गौरादह नगरपालिका वडा–९ बैगुन्धुरा मामलमा दशैंको टिका लगाउन गएकी दमक वडा–२ का वडा अध्यक्षकी नातीनी स्रुती सापकोटा गोमन सर्पले डस्दा मृत्यु भएको हो। 

भुईमा ओछ्यान लगाएर सुतेकोबेला राती साढे एक बजे तिर बालिकालाई सर्पले डसेको थियो।

नेकपा (एमाले)को भात्तृ संगठन अखिल नेपाल महिला संघ प्रदेश एक कमिटी अध्यक्ष शुभेच्छा सापकोटा तथा टेकनाथ सापकोटाकी छोरी स्रुतीको उपचारकोलागी लाईफलाईन अस्पताल दमक ल्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2022-10-06 08:26:00

प्रतिकृया दिनुहोस्