एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता

File Photo
File Photo

एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन्। दुवै बैंकले सोेमबार मर्जरमा जान सम्झौता गरेका हुन्।

सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। 

मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ। दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन्। अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ। मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ।

प्रकाशित मिति: : 2022-09-27 08:33:00

प्रतिकृया दिनुहोस्