इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट

File Photo
File Photo

इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट गरिएको छ। कम्पनीले ७ देखि २८ भदौसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो।

जसमध्ये पाँच लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ। बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन। अब यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरूका लागि आइपीओ बिक्री खुला गर्दा थप गरेर ल्याउनेछ।

प्रकाशित मिति: : 2022-09-26 12:40:00

प्रतिकृया दिनुहोस्