राष्ट्रिय सुरक्षामा यक्ष प्रश्न

अन्नपूर्ण पोष्ट

डा. केशरबहादुर भण्डारी

केही दिनअघि दलित महिलाले बाध्य भएर बाटोमा शिशु जन्माइन्। बाजुरा जिल्लामा देखिएको उक्त दृश्यले कस्को मन छोएन होला र ? तर छोएन, राजनीतिक नेताहरूको। के के न गर्छु, समाज नै बदल्छु भनेर आएका नेताहरूका लागि एमसीसी पास गर्नु उपल्लो तहको नेताको बाध्यता देखिन्छ। नागरिकता विधेयक पास गर्नु गठबन्धनको बाध्यता हुन सक्छ। यस्तो परिवेशमा राष्ट्रिय हित र राष्ट्रको अस्तित्वका अहम् विषय भने गौण हुन पुगेका छन्।

मनन्योग्य कुरा के हो भने राष्ट्रिय स्वार्थ र हितको पक्ष र विषयको अगाडि नेताको र गठबन्धनको बाध्यता गौंणमात्र होइन, अनावश्यक तथा औचित्यहीन हुन्छ र हुनुपर्छ। तर, यहाँ अन्यथा भइरहेको छ। यस्तै बाध्यताको नयाँ शृंखला अर्थमन्त्रीको पुनस्र्थापनाको रूपमा देखा परेको छ। नागरिकता विधेयक गठबन्धनको बाध्यता मात्र नभई दासत्व मानसिकताका कारण पनि दुवै सदनबाट पास भइसकेको अवस्थामा छ। 

प्रकाशित मिति: : 2022-08-08 16:18:00

प्रतिकृया दिनुहोस्