प्रदेश १ को नामाकरण : माओवादीले प्रस्ताव गर्‍याे तीन नाम

प्रदेश १ को नामाकरणको विषय पेचिलो बन्दै गर्दा नेकपा माओवादी केन्द्रले नामको विषयमा छलफल चलाएको छ।

नेकपा माओवादीको प्रदेश १ को बैठक बस्नुपूर्व इटहरीमा प्रदेश बैठकको तयारी सन्दर्भमा छलफल चलेको हाे।

पार्टीका केन्द्रीय समिति सदस्यहरु, जिल्लाका इन्चार्ज, सहइन्चार्ज साथै संयोजकहरु सहभागी भएको पूर्वतयारी बैठकमा प्रदेश १ को नामको विषयमा छलफलसमेत भएको छ।

बैठकमा कोशी-किरात, किरात-सगरमाथा र किरात-लिम्बुवान-कोचिला गरेर तीन नामको विषयमा छलफल भएको एक सहभागीले जानकारी दिए।

नेकपा माओवादी केन्द्रका नेता अजम्बर राईले सामाजिक सञ्जालमार्फत पूर्वतयारी बैठक बसेको जानकारी दिएका छन्।

उनले बैठकमा पार्टीका विभिन्न एजेण्डा र नामका विषयमा छलफल भएको बिएल नेपाली सेवालाई बताए।

प्रकाशित मिति: : 2022-07-21 17:15:00

प्रतिकृया दिनुहोस्