कास्कीमा बिहानै भूकम्प

कास्कीमा बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ः ५६ बजे धम्पुसलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो।

कास्की र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-06-23 07:48:00

प्रतिकृया दिनुहोस्