पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतङ्ककारी मारिए

File photo
File photo

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ६ जना आतङ्ककारी मारिएका छन्। 

बलुचिस्तान प्रान्तका कतिपय पहाडी इलाकामा केही समय यतादेखि आतङ्ककारी गतिविधी बढेको भन्ने सूचनाका आधारमा सो कारबाही गरिएको पाकिस्तानको सेनाले जनाएको छ।

पाकिस्तानी सेनाका अनुसार उक्त प्रान्तमा बलुचिस्तान लिबरेसन्स् फ्रन्ट नामक एक आतंककारी समूहले प्रहरी चौकी तथा सैनिक पोष्टमा हमला गर्ने गरेको थियो।

समूहका आतंककारी खोज्ने क्रममा आइतबार ६ जना मारिएका पाकिस्तानी सेनाले जनाएको छ। पाकिस्तानी सेनाले दिएको जानकारीअनुसार आक्रमणमा मारिएका सबै सुरक्षाकर्मीमाथि हमला गर्ने गरेका आतङ्ककारी रहेका छन्।

उक्त क्षेत्रमा केही महिना यतादेखि सैनिक पोष्टहरुमा आक्रमण गर्ने गरेको सो समूहका अन्य केही सदस्य र हातहतियार पनि उक्त सैनिक टोलीले कब्जा गरेको हो।

प्रकाशित मिति: : 2022-06-20 13:16:00

प्रतिकृया दिनुहोस्