करेन्ट लागेर युवकको मृत्यु

सर्लाहीको मलंगवामा चापाकलबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

मंगलबार जिल्ला सदरमुकाम मलंगवा नगरपालिका–१०, निवासी ३६ वर्षका अवदेशकुमार गुप्ताको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा मोटर जडान गरेको चापाकल चलाउने क्रममा गुप्तालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

दिउँसो करेन्ट लागेर अचेत बनेका गुप्तालाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक गुप्ताको शव परीक्षणको लागि प्रादेशिक अस्पतालमै राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-04-12 17:45:00

प्रतिकृया दिनुहोस्