जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ। स्थानीय तहको निर्वाचन नजिकिँदै गएपछि राप्रपाले चुनावी अभियान थालेको हो।
आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि राप्रपाले जुम्लामा घरदैलो अभियान थालेको छ। सदरमुकाम खलंगा बजारस्थित बालमन्दिरमा राप्रपाका केन्द्रीय सहायक महामन्त्री धनबहादुर बुढाले राप्रपाले आफ्नो पक्षमा जनमत बढेको जिकिर गरे। उनले भने, ‘त्यसमाथि अहिले राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले गति लिइरहेको छ।'
धेरै पटक अरू राजनीतिक दललाई जनताले मतदान गरे पनि यस पटक राप्रपालाई मत दिन बुढाले आग्रह गरे। राप्रपाको विचार, नीति र सिद्धान्तप्रति जनताको आकर्षण बढेको उनको जिकिर छ।
राप्रपा जुम्ला अध्यक्ष वेदबहादुर शाहीले सोमबारदेखि ७७ वटै जिल्लामा चुनावी घरदैलो अभियान सुभाराम्भ भएको बताए।
राप्रपा जुम्ला नगर अध्यक्ष अनुप थापाले गठबन्धनले देश धराशायीमा परेको आरोप लगाए। 'विकास गर्छौं विभिन्न राजनीतिक दलले धेरै वर्ष विताए। तर, देश जहाँको त्यही छ। महंगी बढ्दो छ। बेरोगारी उस्तै छ,' उनले भने। दिलमाया शाही