रोल्पामा भूमि आयोगका सदस्यहरुकाे सपथ र कार्यालय उद्घाटन

राष्ट्रिय भूमि आयोग जिल्ला समिति रोल्पाको कार्यालय उद्घाटन गरिएको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकबाट जिल्ला समितिका अध्यक्ष र सदस्यहरु नियुक्त भएसँगै जिल्लामा आयोगको कार्यालय उद्घाटन गरिएको हो।

कार्यक्रममा आयोगको जिल्ला समिति अध्यक्ष ऋषिराम रोकाबाट सदस्यहरु मोहन परियार, श्रीकुमारी रोका र विपना घर्तीले सपथ ग्रहणसमेत गरेका थिए। 

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख केसीले स्थानीय तहसँगको समन्वयमा आयोगले भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने विश्वास व्यक्त गरे।

यस्तै आयोगका जिल्ला अध्यक्ष रोकाले कन्द्रको निर्देशनअनुसार जिल्लामा रहेका भूमिहिनहरुको लगत संकलन गरी उनीहरुको व्यवस्थापन गरिने बताए।

प्रकाशित मिति: : 2022-04-09 12:08:00

प्रतिकृया दिनुहोस्