विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन्।
पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए। ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन्।
सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिंदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ।
यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन्।