वीरगन्ज महानगरपालिकाले एकै दिन महानगरको दुई सडकको शिलन्यास गरेको छ।
महानगरका मेयर बिजय कुमार सरावगीले शुक्रबार वडा नं।२७ उदयपुर घुर्मी र बगहीमा पिच सडकको शिलान्यास गरेका हुन्।
वीरगन्ज बजार क्षेत्रबाट ग्रामीण बस्ती जोडने सो वडाहरुमा करिब ४ करोड ५० लाख बराबरको बजेट खर्च हुने वीरगन्ज महानगरपालिकाले जनाएको छ।
वडा नं. २७ मा रहेको ब्रहदेव यादवको घरदेखि नहरसम्म र वडा नं. २८ को दरदरवा टोलको गण्डक नहरदेखि इनर्वा गाउँसम्म सो सडम निर्माण हुने मेयर सरावगीको स्वकीय सचिव पिन्टु उपाध्यायले बताए।
महानगरपालिकाको बोलपत्र अह्वान अनुसार सो सडकको निर्माण ठेक्का बिकाश एण्ड ब्रदर्स कन्ट्रक्सन्स प्रा।लि लिएको छ।
महानगरसँग जोडिएका ग्रामीण वडाहरुमा यातायतको सुविधा र आवत जावतमा कठिनाई नहोस भन्ने उद्देश्यका साथ चाडै भन्दा चाडै सडक निर्माणका कामले पूर्णता लिने मेयर सरवागीले बताए।