बिएल संवाददाता
नङ्ग्राको फोहोरसँगै
अघि बढेको हाम्रो सम्बन्धमा
खोइ कतिबेला
पुर्णविराम लाग्ने हो
सपना र रहरका
मिठा फलमा
कतिबेला किटाणु लागेर
धर्तीमा खस्ने हो
हावाजस्तै महसुस गर्ने सम्बन्धको
तिमीले आकार खोजिरहेका छौ
खोइ कतिबेला
बाटो भुलेर
एकल यात्री बन्ने हो
नालामा थुप्रिएको फोहोरले
पानीको बहाव रोकेर
विश्वासको अभावमा
हाम्रो सम्बन्धले
खोइ कतिबेला
आत्महत्या गर्ने हो
तर बुझें मैले कि
तिमी पनि काल जस्तै रहेछौ
आफ्नो साथ लैजान्छौ
अनि
कुन जूनी पुर्याउँछौ
कस्तो जीवन उपहार दिन्छौ
म नजर अन्दाज गर्नै सक्दैन
समयको होचो उपत्यकामा उभिएर म
गल्ति तिम्रो पनि भन्न सक्दिन
गल्ति मेरो पनि भन्न सक्दिन
बरु सायद गल्ति त समयको हुन्छ होला
जसले
हृदयको मझधारमा उभिएर
स्वीकार गर्न विवश बनाउछ
आखिर
बाटोपनि
प्रारम्भ र अन्त्य हुन्छ भने
सम्बन्धपनि बाटो जस्तै रहेछ
जति नै रोक्न खोजेपनि नरोकिई
आफै अन्त्य हुने
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया