बिएल संवाददाता
नङ्ग्राको फोहोरसँगै
अघि बढेको हाम्रो सम्बन्धमा
खोइ कतिबेला
पुर्णविराम लाग्ने हो
सपना र रहरका
मिठा फलमा
कतिबेला किटाणु लागेर
धर्तीमा खस्ने हो
हावाजस्तै महसुस गर्ने सम्बन्धको
तिमीले आकार खोजिरहेका छौ
खोइ कतिबेला
बाटो भुलेर
एकल यात्री बन्ने हो
नालामा थुप्रिएको फोहोरले
पानीको बहाव रोकेर
विश्वासको अभावमा
हाम्रो सम्बन्धले
खोइ कतिबेला
आत्महत्या गर्ने हो
तर बुझें मैले कि
तिमी पनि काल जस्तै रहेछौ
आफ्नो साथ लैजान्छौ
अनि
कुन जूनी पुर्याउँछौ
कस्तो जीवन उपहार दिन्छौ
म नजर अन्दाज गर्नै सक्दैन
समयको होचो उपत्यकामा उभिएर म
गल्ति तिम्रो पनि भन्न सक्दिन
गल्ति मेरो पनि भन्न सक्दिन
बरु सायद गल्ति त समयको हुन्छ होला
जसले
हृदयको मझधारमा उभिएर
स्वीकार गर्न विवश बनाउछ
आखिर
बाटोपनि
प्रारम्भ र अन्त्य हुन्छ भने
सम्बन्धपनि बाटो जस्तै रहेछ
जति नै रोक्न खोजेपनि नरोकिई
आफै अन्त्य हुने
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
प्रतिक्रिया