काठमाडौं महानगरपालिका-६ रामहिटीबाट काैडा खेलिरहेकाे अवस्थामा १३ जना पक्राउ परेका छन्।
रामहिटीस्थित प्रेमबहादुर भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा प्रेमसहित १३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
जुवातास खेलाइरहेको भन्ने सूचनाको आधामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९७ हजार रुपैयाँ र १९ थान कौडासहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।