पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-३ मा रहेकाे गौरी आधारभुत विद्यालयमा ट्राउजर, स्वीटर, मोजा, टोपीलगायत न्याना पाेशाक वितरण गरेकाे छ।
न्यानाे अभियानअन्तर्गत शिशु कक्षादेखि पाँच कक्षासम्मका ५६ जना विद्यार्थीलाई कपडा वितरण गरेकाे संस्थाका सदस्य सन्ताेष बन्जाडेले जानकारी दिए।
कपडा वितरणका क्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले आगामी दिनहरूमा पनि भूमिकास्थान नगरपालिकासँग सहकार्य गरी सहयोगमा जुट्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले पहिलो पाइलाले नगरपालिकासँग सहकार्य गर्दै सहयाेग गरेकोमा धन्यवाद व्यक्त गरे। थापाले आगामी दिनमा पनि नगरभित्र रहेका विपन्नलाई सहयाेगका लागि आग्रह गर्ने बताए।
वडा अध्यक्ष बालकृष्ण बन्जाडेसहितकाे उपस्थिति र संस्थाका सहसचिव रमेश पछाईकाे संचालन रहेकाे कार्यक्रमको संस्थाकै सदस्य सन्तोष बन्जाडेले संयाेजन गरेका थिए। सामाजिक गतिविधिमा सक्रिय याे संस्था यस क्षत्रकै चर्चित सामाजिक संस्था हाे। संस्थाले यहि वर्षभित्रै करिब तीन सय विद्यार्थीलाई सहयाेग गरिसकेकाे छ।