बर्दियामा प्रहरीले जुवाको खालबाट ६ जनालाई पक्राउ गरेको छ।
मधुवन नगरपालिका ९ बेलटाँरी गाउँबाट मंगलबार साँझ ११ बजे ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मधुवन नगरपालिका ९ बस्ने वर्ष २९ का विनोद चौधरी, वर्ष २३ का राजेश चौधरी, २८ का प्रकाश चौधरी, ३१ का मानबहादुर चौधरी, २८ का हिमाल चौधरी र वर्ष २९ का दिलिप तामाङ रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले ४८ हजार २ सय ८५ रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेकालाई जिल्ला अदालत बर्दियाबाट जुवासम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त कार्यालय प्रमुख हेमबहादुर शाहीले जानकारी दिए।