संयुक्त अरब इमिरेट्स (यूएई) को रसअलखेमा राज्यमा सडक दुर्घटनामा परी एक नेपाली नर्सको मृत्यु भएको छ।
तीन वर्षदेखि दुबईमा वैदेशीक रोजगारीको शिलशिलामा रहेकी पोखराकी जेनिसा गुरुङको मंगलबार सडक दुर्घटनामा परी मृत्यु भएको हो।
साथीसँग दुबई घुमेर फर्कने क्रममा उनी सवार कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा परी अर्की नेपाली युवती घाइते भएकी छन्। घाइते युवतीको उपचार भइरहेको बताइएको छ।