गण्डकी रत्नको पदविद्वारा महाविर पुन सम्मानित

राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक महाविर पुनलाई गण्डकी प्रदेश सरकारले गण्डकी रत्नको पदविद्वारा सम्मानित गर्ने निर्णय गरेको छ। 

फागुन ४ गते चौथो वार्षिकोत्सव समारोहको अवसरमामा उनलाई गण्डकी रत्न द्वार सम्मान गरिने सार्वजनिक गरिएको हो। 

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले म्याग्दीका पुनलाई विशिष्ट व्यक्तिका रूपमा विभूषित गर्ने घोषणा गरेका हुन्।

विज्ञान र प्रविधिको विकासमा भूमिका खेलेको भन्दै एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कारसमेत पाएका पुनलाई सम्मान गर्ने घोषणा प्रदेश सरकारले गरेको हो।

प्रदेशको गौरव बढाउन भूमिका खेल्नेलाई प्रदेश सरकारले प्रत्येक वर्ष तीन जनालाई ‘गण्डकी रत्न’बाट विभूषित गर्ने योजनासहित गत २६ पुसमा मन्त्रिपरिषद् बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरेको थियो।

प्रकाशित मिति: : 2022-02-16 14:59:00

प्रतिकृया दिनुहोस्