'भाइरल' मन्त्री आलेलाई बर्खास्त गर्न एमाले नेता थापाको माग

Breaknlinks
Breaknlinks

गालीगलौजसहित मन्त्री आलेले दिए अपहरण गर्ने धम्‍की


नेकपा (एमाले)का युवा नेता सूर्य थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई बर्खास्त गर्न माग गरेका छन्।

काम गर्न भारतकाे मुम्बई पुगेका एक युवकलाई अस्लील गालीगलौजसहित अपहरण गर्ने धम्की दिएका मन्त्रीलाई नेता थापाले सामाजिक सञ्जालमार्फत् १० बज्दा–नबज्दै पदबाट बर्खास्त गर्न सत्ताधारी दलका पाँच मुख्य नेताहरूसँग आग्रह गरेका हुन्।

पटकपटक अपशब्दसहित गालीगलौज गरेकाे दुई मिनेट २५ सेकेन्डको एउटा भिडियो भाइरल बनेपछि मन्त्री आले नयाँ विवादमा तानिएका छन्। ‘पार्टी फुटाएर मन्त्री हुन भेडा–च्याङ्गासरी बिक्री भएका वस्तुले सामाजिक मूल्य र लज्जाको ख्याल गर्न नसक्नु त एकदम स्वभाविक नै हो,’ थापाले लेखेका छन्।

प्रकाशित मिति: : 2022-02-15 09:36:00

प्रतिकृया दिनुहोस्