गालीगलौजसहित मन्त्री आलेले दिए अपहरण गर्ने धम्‍की

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले नयाँ विवादमा तानिएका छन्। उनी आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका हुन्।

काम गर्न भारतकाे मुम्बई पुगेका एक नेपाली युवकसँग मन्त्री आलेले अस्लील गालीगलौजसहित अपहरण गर्ने धम्की दिएकाका छन्। मन्त्री आले र युवकले एकअर्कालाई अश्लील गालीगलैज समेत गरेका छन्।

दुई मिनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ। युवकलाई किन टिप्पणी गरेको भन्दै मन्त्री आलेले अपहरणकाे धम्कीसँगै पटकपटक अपशब्दसहित गालीगलौज गरेकाे प्रष्टै सुन्न सकिन्छ।

मन्त्री आले सोध्छन्, ‘कहाँ हुनुहुन्छ तपाई?'

युवकको तत्कालै जवाफ आउछ, ‘म इन्डियातिर छु।’

मन्त्री फेरि उनीमाथि प्रश्न गर्छन्, ‘तपाईको त्यो कमेन्ट हेरेँ मैले। के लेखेको त्यस्तो?'

युवकको जवाफ हुन्छ, ‘हैन हजुर हामीले पनि यस्तो आश गरेको थिएनौं, के गर्नु?’

आले फेरि प्रश्न गर्छन्, ‘कस्तो आश?’

युवक भन्छन्, ‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के।’

लगतै मन्त्री आले आक्रोशित हुँदै धम्कीसहित अस्लील गालीगलौज गर्न थाल्छन्।

मन्त्रीः भन नी तेरी मा *** तलाईं मैले के गरेको थिएँ? 
युवाः के गरेको छु ? 

मन्त्रीः तलाई मा *** त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त।
युवाः आउन त यता आऊँ, बम्बईमा छु म

मन्त्रीः तेरी मा *** भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा ***।
युवाः आउन आउ *** आइजो न आइजो, त मुला बेसरम *** तस्कर ***।

मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला *** बेसरम, लाज छैन, तस्कर *** मन्त्रीका लागि बेची खाने तस्कर।

मन्त्रीः जे पायो, त्यही लेख्छस मा *** कुकुर *** तलाईं मा *** कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा *** कहाँ छस भन त ?

मन्त्रीः तँ * छोरा होस क्या, त चुतियाँ साले, मु * ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस?
मन्त्रीः त मा * ट्वालेट सफा गर्छस् * का छोरा, मलाई सिकाउँछस ? 
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ?

मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस्?

मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर * का छोरी। 
युवाः बम्बई भन्या त पहिला तलाईं * अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त? 

मन्त्रीः तेरी मा * तेरो ठेगाना पठा त ?
युवाः अधेँरी छु, अधेँरी * सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त।

मन्त्रीः लोकेसन नि पठा त?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा * तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु।

उनीहरूबीच अस्लील जुहारी दुई मिनेट २५ सेकेन्डसम्मै चलिरहन्छ।

प्रकाशित मिति: : 2022-02-15 08:04:00

प्रतिकृया दिनुहोस्