कोभिड–१९ को संक्रमण रोक्न लाली गुराँस प्रभावकारी !

File Photo
File Photo

नेपालको राष्ट्रिय फूल लाली गुराँस  विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ संक्रमण रोक्न  प्रभावकारी हुने देखिएको छ।

भारतीय प्रौघोगिक संस्थान र इन्टरनेशनल फर जेनेटिक इन्जिनियरिङ्ग एण्ड बायोटेक्नोलोजीका अनुसन्धानकर्ताले हिमाली क्षेत्रमा पाइने गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ संक्रमण रोक्न प्रभावकारी हुने जनाएको हो।

अनुसन्धानले गुराँसको पातमा पाइने फाइटोकेमिकल्सले कोभिड–१९ को संक्रमण रोक्न सक्ने र यसमा पाइने एन्टिभाइरल तत्वले भाइरससँग लड्न सक्ने निष्कर्ष निकालेको हो।

यो अनुसन्धानको विषयमा हालै प्रकाशित ‘Biomolecular Structure and Dynamics’ नामक जर्नलमा उल्लेख गरिएको छ।

 गुराँसको पातमा हुने ‘अर्क’को नन टक्सिन नामक औषधिले कोभिड संक्रमणलाई रोक्न सक्ने अनुसन्धानमा पाइएको छ।

प्रकाशित मिति: : 2022-01-19 20:18:00

प्रतिकृया दिनुहोस्