मोदीको सवारी २० मिनेट जाममा पर्‍यो, कंग्रेसले भन्यो-कुर्सी खाली भएपछि फर्किए

एएनआई
एएनआई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार पञ्जावको फिरोजपुरमा जाममा परेका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जावको हुसेनीवालामा राष्ट्रिय शहीद स्मारक भन्दा करिब ३० किलोमिटर पर प्रधानमन्त्री मोदीको सवारी एक फ्लाइओभरमा जाममा परेको हो। 

भारतीय गृहमन्त्रालयले प्रधानमन्त्री १५-२० मिनेट जाममा परेको र यो प्रधानमन्त्रीको सुरक्षामा ठूलो कमजोरी भएको जनाएको छ। कार्यक्रममा सहभागी हुन नपाएपछि उनी विमानस्थल फर्किएका थिए। 

पञ्जाव कंग्रेसले निर्वाचनदेखि डराएर मोदीलाई कार्यक्रममा जान नदिनका लागि प्रदर्शनकारीलाई सडकमा आउन दिएको र गम्भीर सुरक्षा खतरा टरेको भाजपाले आरोप लगाएको छ।

तर भारतीय कंग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने प्रधानमन्त्री मोदीको कार्यक्रम रद्द हुनाको कारण सडकमा र्‍यालीका कारण नभइ कार्यक्रमका खाली कुर्सी भएको दाबी गरेका छन्। कार्यक्रममा मानिस कम सहभागी भएको थाहा पाएर मोदी फर्किएको उनको दाबी छ। 

 

प्रकाशित मिति: : 2022-01-05 18:40:00

प्रतिकृया दिनुहोस्